सोमवार, बैशाख २४, २०८१

अर्काे सूचना जारी नभएसम्मका लागि धरहरा परिसरमा नयाँ संरचना बनाउन नपाइने

 काठमाडौ बैशाख २६ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको बैठकले २०७२ बैशाख १२को महाभूकम्पका कारण ढलेको धरहरा परिसर र आसपासका क्षेत्रमा समेत मा अर्को सूचना जारी नभएसम्मका लागि नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति कायम गरेको छ ।

बैठकमा प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार राख्ने स्थानीयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले धरहरा परिसरमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय समेत गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
समाचारमा उल्लेख भएअनुसार बैठकमा महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सटर १५ दिनभित्र खाली गराउने र गोश्वारा हुलाकल अन्य सरकारी कार्यालयलाई समेत स्थानान्तरणका लागि अनुरोध गर्ने निर्णयसमेत गरेको जनाईएको छ ।
बैठकमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख कार्यकारी अधिकृत यादव कोइराला, प्राधिकरणका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, विभागका महानिर्देशक भेषनारायण दाहाल, संस्थानका निमित्त प्रमुख दीपकबहादुर पाण्डे, महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनलगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।