बिहिबार, बैशाख २०, २०८१

जम्बो प्रतिनिधिमण्डल सहित प्रम ओली ३ दिने राजकीय  भारत भ्रमणमा

काठमाडौं चैत २३,  प्रधानमन्त्री केपी ओली आज मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ३ दिने राजकीय  भारत भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि उहाँ नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज बिहान ९ बजे पहिलो विदेश भ्रमणको क्रममा भारत जानु भएको हो ।  भारत प्रस्थानको क्रममा उहाँलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल,    एमालेका उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेललगाउतले जिदाइ गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यस्तैगरि प्रमका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सहभागी छन् ।  यस्तै, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतो सहित  रासस  , नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको समेत भ्रमण दलमा सहभागिता रहेको छ । भ्रमण दलमा कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसी सहित नेपाली दूतावास नयाँ दिल्लीबाट कावा राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौजनाको पनि सहभागिता रहने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031