बिहिबार, बैशाख २०, २०८१

एकता सभामा लाखौँ कार्यकर्ता उतार्ने एमाले–माओवादीको तयारी

 काठमाडौ चैत २३ , माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् ।  एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लाखौँ नेता–कार्यकर्ताबीच पार्टी एकताको तयारी भइरहेको बताए । तर, एकता सभाका लागि ठाउँ र समय भने तय भइनसकेको उनले बताए ।

‘हामी कम्तीमा ५ लाख जनताको उपस्थितिमा महाधिवेशन घोषणा सभाजस्तै गरेर पार्टीको एकता सभा गर्दै छौँ,’ एमाले उपमहासचिव विष्णु पौडेलले   भने ।  माओवादी अध्यक्ष प्रचण्डले पनि एकता घोषणा सभा बृहत जनताका बीचमा गरिने बताए । चुनाव चिह्न र सांगठनिक प्रतिनिधित्वको विषय प्रधानमन्त्री भारतबाट फर्किएलगत्तै टुंगो लाग्ने प्रचण्डको दाबी छ ।

एकता संयोजन समिति बैठक २७ चैतमा :  एकता संयोजन समितिको अर्को बैठक प्रधानमन्त्री केपी ओली भारतबाट फर्किएपछि २७ चैतमा बस्ने र विवादित विषय मिलाउने एमाले नेता खनालले बताए । एमालेले पार्टी एकताको विषय बुधबार स्थायी कमिटीबाट अनुमोदन गरिसकेको छ । यस्तै, आगामी ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएर अनुमोदनको तयारी गरेको छ ।  माओवादीको १० चैतमा बसेको पूर्वहेडक्वार्टर सदस्यको बैठकले एमालेसँग एकताका लागि पार्टीको सांगठनिक र वैचारिक अवस्थाको रिपोर्ट गर्न विभिन्न नेतालाई जिम्मेवारी दिइएको थियो । छिटै बैठक बसेर पार्टीका तर्फबाट एकताको विषय अनुमोदन गर्ने माओवादी तयारी छ ।नयाँपत्रिकाबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031