बिहिबार, बैशाख २०, २०८१

ओली नेतृत्वको सरकारद्दारा विभिन्न मन्त्रालयमा सचिवहरुको व्यापक पजनी

 काठमाडौ चैत २३,  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विभिन्न मन्त्रालयमा सचिवहरुको व्यापक पजनी गरेका छन । सकारले गरेको सचिव पजनीको सूचीअनुसार गृह मन्त्रालयमा प्रेमकुमार राई तथा अर्थ मन्त्रालयमा राजन खनाललाई सरुवा गरिएको छ । यसअघि राई प्रधानमन्त्री कार्यालयमा र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

त्यस्तै अर्थका शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा, अख्तियारमा महेश्वर न्यौपानेलाइ पठाईएको छ भने शिक्षामा खगराज बराल, श्रममा महेश दाहाल, रक्षामा बिष्णु लम्साल, सञ्चारमा महेन्द्रमान गुरुङ, भौतिक योजना तथा यातायातमा मधुसुदन अधिकारी, वनमा डा।विश्वराज ओली र काठमाडौं महानगरपालिकामा यादव कोइरालाको सरुवा गरिएको छ ।

त्यस्तै गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा , श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालय, भौतिकका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्ट, नेपाल ट्रष्टका अर्जुन कार्कीलाई पुनर्निर्माण प्राधिकरणमा सरुवा गरिएको छ ।

शिक्षाका मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमन, पुनर्निर्माण प्राधिकरणका मधुसूदन अधिकारीलाई भौतिक मन्त्रालय, वनका युवकध्वज जिसीलाई कृषि, प्रधानमन्त्री कार्यालयका कृष्णराज बिसीलाई खानेपानी, विज्ञानका सञ्जय शर्मालाई ऊर्जा तथा सिंचाई, प्रधानमन्त्री कार्यालयका शरदचन्द्र पौडेललाई राष्ट्रिय योजना आयोग, आपूर्तिका अनिल ठाकुरलाई महिला आयोगमा सरुवा गरिएको छ । त्यस्तै खानेपानीका गजेन्द्र ठाकुरलाई शिक्षा तथा प्रविधि र राष्ट्रपति कार्यालयका भूपेन्द्र पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031