शुक्रबार, बैशाख १४, २०८१

प्रम देउवाले भने- आफुलाइ धर्मबारे ज्ञान छैन

काठमाडौ माघ  २१ , काठमाडौंको गोकर्णेश्वर वडा नं ३ ब्रम्हडोलमा श्रीमद् भागतवत ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै नेपाल धार्मिक सहिष्णुता भएको मुलुक रहेको बताउनुभयो । आफूलाई धार्मिक विषयबारे त्यति ज्ञान नभएपनि महायज्ञको उद्घाटन गर्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया प्रधानमन्त्री देउवाले दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 ग्राम सुधार आधारभूत विद्यालयको सुधार, शिव पाञ्चायन मन्दिरको संरक्षणार्थ तथा अन्य सामाजिक काम गर्नका लागि महायज्ञ गरिएको आयोजकले जनाएको छ । विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ गरिएको आयोजक समितिका सदस्य वालकृष्ण पौडेलले जानकारी दिनुभयो । महायज्ञमा बालब्यास बालयोगेश्वर महाराजले प्रवचन दिनुहुनेछ । महायज्ञको पहिलो दिन गोकर्णेश्वरबाट कलश यात्र गरिएको थियो ।महायज्ञ उद्घाटनमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले यस किसिमका धार्मिक गतिविधिले जनताबीच सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
महायज्ञ ९ दिनसम्म चल्नेछ । ग्राम सुधार विद्यालयको भौतिक संरचना जीर्ण बनेको र त्यहां अध्ययन गर्नेहरुलाई खानपान लगायतबारे व्यवस्थापनमा सहज होस् भनेर यज्ञ गरिएको हो । यज्ञमा मण्डप पूजापाठ परायण हरेक दिन ७ बजेदेखि १० बजेसम्म हुनेछ । १० देखि १ सम्म र २ बजेदेखि ५ सम्म भागवत वाचन हुनेछ । सांझ ५ बजे प्रसाद वितरण हुनेछ । रात्रीकालिन भजन ८ बजेदेखि १० बजेसम्म हुनेछ । दानविर दातालाई संस्थाको सदस्यता र आयोजकको नियमानुसार सम्मानको पनि व्यवस्था गरिएको आयोजकको भनाई छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।