सोमवार, बैशाख २४, २०८१

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण भएसंगै आयोग निर्वाचनको तयारीमा

  • संविधानको धारा ८६ ले गरेको व्यवस्था अनुरुप प्रदेश सभाका सदस्य, गाउँपालिका र , नगरपालिका महानगरपालिकाका प्रमुख,उपप्रमुख र प्रदेस सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित ७ प्रदेशका पाँच सय ५० सांसदको भोट र त्यसको फरक -फरक मतभारको आधारमा राष्ट्रिय सभा गठन गरिने

  • अब राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने  

  • राष्ट्रियसभाका निर्वाचनमा स्थानीय तहका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सांसद मतदाता
  •  प्रत्येक प्रदेसबाट ८ जना प्रतिनिधी गरि कुल ५६ जना  र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना समेत  गरि राष्ट्रिय सभामा ५९ जना सदस्य रहने  
  •  स्थानीय तहका पदाधिकारी मध्ये एक व्यक्तिको १ मतको भतभार १८ प्रदेस सभा सदस्यको निर्वाचनमा निर्वाचित सदस्य मध्ये १ मतको मतभार ४८

  •  काठमाडौं पुस १४/ श्रीजन झा,

 राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा जुट्ने बताएको छ । उक्त अध्यादेश ऐनका रुपमा आयोगमा पुगेलगत्तै निर्वाचनका लागि चाहिने नियामावली बनाएर निर्वाचनको तयारीमा जुट्ने आयोगको तयारी रहेको बुझिएको छ । यसअघि निर्वाचन आयोगले बिहीबार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागि बन्न चाहने दलहरुलाई १५ दिनभित्र आयोगमा दल दर्ता गर्न आव्हान गरेको थियो ।

कसरी हुन्छ राष्ट्रिय सभा सदस्यको निर्वाचन राष्ट्रिय सभा गठनको लागि   संविधान २०७२ को धारा ८६ ले गरेको व्यवस्था अनुरुप प्रदेश सभाका सदस्य, गाउँपालिका र , नगरपालिका महानगरपालिकाका प्रमुख, उपप्रमुखको भोट र त्यसको फरक फरक मतभारको आधारमा राष्ट्रिय सभा गठन गरिनेछ । त्यस्तै राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख सदस्य हुन्छन् ।

त्यस्तै निर्वाचन आयोगसम्वद्ध स्रोतका अनुसार स्थानीय तहमा निर्वाचित १५ सय ६ जना प्रमुख, उपप्रमुखका मध्ये एक व्यक्तिको मतभार १८ मतभार वरावर २७ हजार १ सय ८ मत र प्रदेस सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित ७ प्रदेशका पाँच सय ५० सांसद मध्ये एक सासंदको ४८ मतभार वरावर २६ हजार ४ सय मतको कुल जोड ५३ हजार ५ सय ८ मतबाट    एकल संक्रमणीय मत प्रणालीका आधारमा  प्रत्येक प्रदेसबाट ८ जना प्रतिनिधी गरि कुल ५६ जना प्रतिनिधि निर्वाचित गरिने छ ।

यसरी निर्वाचन गर्दा राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक  र  अन्य समेत गरि ८ सदस्य निर्वाचित गर्नु पर्ने व्यवस्था संविधानमा गरिएको छ । त्यस्तै यो वाहेक नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना समेत  गरि राष्ट्रिय सभामा ५९ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।