सोमवार, बैशाख २४, २०८१

दलहरुले बुझाए आयोगमा प्रदेससभाको समानुपातिकतर्फको सूची

काठमाडौ पुस १४, निर्वाचन आयोगमा सम्पन्न प्रदेससभाको सांसदको सूची कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार आज नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र, रापपा , राजपा ,संघीय समाजवादी फोरम लगायतका दलहरुले समानुपातिक प्रदेशसभा सांसदको बन्नेको नाम टुंगो लगाउँदै आयोगमा बुझाएको छ ।

यसैवीच माओवादी केन्द्रले आज बसेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रदेश नं १ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिश गरिएको जनाएको छ । त्यस्तै  प्रदेश नं २ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदाको नाम आयोगमा बुझाएको जनाएको छ ।

त्यस्तै प्रदेश नं ३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिश गरिएको छ भने प्रदेश नं ४ का लागि गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ) दिलमाया रोका मगर ९गौतम० लाई चयन गरिएको छ । प्रदेश नं ५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक, सुष्मा यादव चयन भएका छन भने प्रदेश नं ६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिशमा पर्नुभएको छ । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । माओवादी केन्द्रले प्रदेश नं ७ मा निर्मला बडाल , कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिश गरेको जनाएको छ ।

त्यस्तै राप्रपाले सिफारिस गरेका प्रदेस सासंहरुमा क्रमस प्रदेश नं. १ मा इन्दिरा राई, प्रदेश नं. ३ मा रिता माझी र प्रदेश नं. ६ मा शोशीला शाही रहेका छन ।

यसैवीच नेपाली काँग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ७२ सिटका लागि सबै प्रदेशबाट सांसद बन्नेको सूची तयार गर्दै आजै अपरान्ह निर्वाचन आयोगलाई बुझाएको कांग्रेससम्वद्ध स्रोतले जनाएको छ । तर काँग्रेसको सूचीमा कोको परे भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।