बिहिबार, बैशाख २०, २०८१

माघको पहिलो हप्ता एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार : सचिव ज्ञवाली

  • काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप
  • काम चलाउ सरकारले गरेका यस्तो सवै गतल काम ‘नयाँ सरकारले बदर गर्ने जनाउ
  •  पार्टी एकिकरण हुँदैनकी भन्ने शंका गर्र्नुको कुनै औचित्य नभएको दाबी
  •  राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको जिकिर
  •  प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड्

भक्तपुर पुस १३,  नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले आगामी माघ पहिलो हप्ताभित्रैै बामगठबन्धनको सरकार गठन हुने बताएका छन् ।   रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले सो समयसीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनु भएको हो ।

साथै उहाँले जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाउँदै कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरिसकेको अवस्थामा कुनै भ्रम पाल्नु नहुनेमा जोड दिदै एमाले र माओवादीबीच पार्टी एकिकरणका लागि बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने र यसवीचमा पार्टी एकिकरण हुँदैनकी भन्ने शंका गर्र्नुको कुनै औचित्य नभएको दाबी गर्नु भएको छ ।

सम्बोधनकै क्रममा उहाँले अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्ती गैरकानूनी र नैतिकता विपरित रहेको भन्दै काम चलाउ सरकारले गरेका यस्तो सवै गतल कामको ‘नयाँ सरकारले बदर गर्ने जनाउ दिदै राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको समेत बताए ।

सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई सहित निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड् दिदै समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930