बिहिबार, बैशाख २०, २०८१

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको लागि विशेष अध्ययन समिति गठन, हाल भइरहेको सम्पूर्ण निर्माण कार्य स्थगित

 काठमाडौं पुस १३ , ०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको ०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ सुरु गरिएपनि विवादै विवादका कारण पूननिर्माण हुन नसकिरहेको रानीपोखरीको पूननिर्माणले अव गती लिने संभावना देखिन थालेको छ ।

आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ , राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक समेतको उपस्थितीमा बसेको बैठक र बैठकले गरेको नितिगत ऐतिहासिक रानीपोखरीनिर्णय लाइ हेर्ने हो भने ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको सवालमा जारी यावत विवाद मथ्थर हुँदै उक्त पोखरी प्रताप मल्लकालीन शैलीबाटै हुने भएको हो ।  आजको बैठकले मुलत रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर पून र्निमाण गरिने निष्कर्ष सहित रानी पोखरी पुन निर्माणका लागि विशेष अध्ययन समिति गठन गर्दै समितिलाइ १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन दिन कार्यादेश समेत दिएको छ ।

पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको र्संयोजकत्वमा गडित उक्त ११ सदस्यी समतिका सदस्यहरु भवन विभागका पूर्व महानिर्देशक सूर्यभक्त स्र्वागाछे, राष्ट्रिय पूनर्निमाण प्राधिकरणका महाशाखा प्रमुख राजु मानन्धर,संस्कृतिविद सुदर्शनराज तिवारी, पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषेत्तम डंगोल, संस्कृतविद काशीनाथ तमोट कामवा वडा न २७ र २८ का वडाध्यक्ष  कामपाका प्रशासकीय अधिृकत  लगायत व्यक्तित्वहरु रहेका छन भने सल्लाहाकारमा नेपाल सरकारका रक्षामन्त्री भिमसेनदाश प्रधान, नवसनर्वाचित प्रदेससभासदस्य  केशव स्थपित र रन्जु दर्शना रहेकी छिन । त्यस्तै विशेषज्ञ समितिको प्रतिवेदन प्राप्त भई अर्को निर्णय नभएसम्मका लागि रानीपोखरीमा हाल भइरहेको सम्पूर्ण कार्य स्थगित गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।