बिहिबार, बैशाख २०, २०८१

शुक्रवार बालुवाटारमा काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक  

 काठमाडौं पुस १३ , मुलुकमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन र प्राप्त परिणामको समीक्षा एवम् पछिल्लो राजनैतिक घटनाक्रमको समीक्षा गर्न भन्दै प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २९ सदस्यीय केन्द्रीय कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वोलाउँनु भएको छ ।

निर्वाचनपछि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै आइरहेको अवस्थामा उहाँले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक  वोलाउँनु भएको हो ।

सम्वद्ध स्रोतका अनुसार शुक्रवार बस्ने कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश, प्रदेशको समानुपातिक सांसद चयन लगायतका विषयमा छलफल गरिने कार्य सूची रहेको थाहाभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।