बुधबार, बैशाख २६, २०८१

मन्त्रीपरिषद बैठक: बैशाख २६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं बैशाख २१ , आज बसेको मन्त्रीपरिषद बैठक मार्फत सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुरुप अधिवेशन  आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न निर्णय गरेको हो ।

गत वर्षमा बैशाख दोस्रो साता नै संसदमा प्रि बजेट छलफल हुने गरेपनि यो बर्ष कोभिड संक्रमणका कारण संसद अधिवेशन नै शुरु भएको छैन । प्रतिनिधिसभा नियमावली २०७४ अनुसार  बजेट प्रस्तुत गरिने १५ दिनअघि पूर्वबजेट छलफल पूरा हुनुपर्छ ।

त्यस्तै बजेटअघि नै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । नीति तथा कार्यक्रम पूर्वबजेट छलफलअघि वा पछि कहिले प्रस्तुत गर्ने भन्ने विषयमा कुनै जानकारी दिईएको छैन । गत बिहीबार मात्र प्रधानमन्त्री केपी ओली, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले संसद भवन कक्षको निरीक्षण समेत गरेका   थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।