बुधबार, बैशाख २६, २०८१

बसन्तपुरमा रक्तदान शिविर

  • विष्णु विष्ट

काठमाडौं जेठ १६, विश्वव्यापी कोभिड संक्रमणको जोखिम संगै जारी लकडाउन आदेशको समयमा रगत नपाएर कुनै पनि विरामीले अप्रत्याशित घटनाको सामाना गर्न नपरोस भन्ने पवित्र लक्ष्य सहित आज राजधानीमा नेपाल खड्गी सेवा समितिले [खड्गी समाज] रक्तदान कार्यक्रमको आयोजना गरेका छन ।

विश्वव्यापि महामारीको विषम अवस्थामा संगै जारी लकडाउनकावीच सामाजिक दुरी सहित राजधानीको बसन्तपुरमा आयोजित उक्त रक्तदान कार्यक्रम मार्फत उल्लेख्य सख्यामा रक्तसंकलन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

 अपडेट :  कोभिड संक्रमण जोखिमको विषम अवस्थाका वीच पनि आजको रक्तदान शिविरबाट ३८ पिण्ट रक्त संकलन गरिएको समितिका संरक्षक मनोज नेवा खड्गीले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।