शुक्रबार, बैशाख १४, २०८१

कामपा वडा न. १७ मा राहत वितरणको लागि नामावली संकलन शुरु

(राहत वितरणका लागि नामावली संकलन गर्दै)

काठमाडौं चैत १७ , काठमाडौं महानगर पालिका वडा न.१७ वडा कार्यालयले १७ वडामा बसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति सबैलाई समान प्रकारको राहत उपलब्ध गराउने भएको छ ।

कोभिड १९-को बढ्दो जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन आदेशका कारण दैनिक गुजारामा समेत समस्या सिर्जना भएका विपन्न् अति विपन्न लगायतका व्यक्तिको सूची तयार गर्दै राहत वितरणका लागि नामावली संकलन कार्य शुरु गरिएको वडा न.१७ का वडाअध्यक्ष नवीन मानन्धरले जानकारी दिनु भयो ।

त्यस्तै लकडाउन को अवधिभर कोहि भोकै बस्नु नपरोस् भन्ने लक्ष्य अनुरुप महानगर कार्यपालिका बैठकले पारित गरेको मापदण्ड अनुरुप आज वडा कार्यालयमा र मंगलवारबाट वडाका विभिन्न स्थान गएर नाम संकलन गर्दै राहत वितरणको कार्यलाइ प्रभावकारिता दिइने बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।