बुधबार, बैशाख २६, २०८१

नेवाः पत्रकार राष्ट्रिय दबूलाई स्वागत

ललितपुर मंसिर १२ / अनुप प्रधान ,
नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित केन्द्रीय समिति र ललितपुर शाखाका कार्यसमितिलाई विहीबार नेवारी परम्परा अनुसार स्वागत गरिएको छ । बौद्ध विहार संघ र लाय्कु नेवाः ज्याझवःको टिमले सयुक्त रुपमा आयोजना गरेको स्वागत कार्यक्रममा बज्राचार्य गुरुजुले मंगलास्रत्रोत र आयोजक संस्थाले नयाँ कार्यसमितिको कार्यकालको सफलताको कामना गर्दै सहित खादा सगुण सहित स्वागत गरेका हो ।

कार्यक्रममा बौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्य नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य , बौद्ध विहार संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्य  बौद्ध विहार संघका पूर्वअध्यक्ष पुष्परत्न शाक्य, अक्षेयश्वर महाविहार संरक्षण समितिका अध्यक्ष राजेश शाक्य, पत्रकार राष्ट्रिय दबू ललितपुरका उपाध्यक्ष प्रशान्त माली लगायतले सञ्चार क्षेत्रको विकास, नेपाल भाषाको पत्रकारिताको व्यावसायिकरण लगायत विषयमा केन्द्रीत हुँदै आफ्नो मनोधाव प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।