बिहिबार, बैशाख २०, २०८१

लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण अभियान: केन्द्रीय सदस्य जोशी

काठमाडौं असोज ३ , काठमाडौं काङ्ग्रेस  क्षेत्र नं .८ ले आज साँझ दोस्रो चरणको १५ दिने जागरण अभियान एवम् संविधान दिवसको अवसरमा क्षेत्रीय समितिको कार्यालय परिसर कामपा वडा न १९ स्थित यट्खावहालमा वृहत दिपावली कार्यक्रमको आयोजना गरेको छ । दिपावली कार्यक्रममको शुभारम्भ गर्दै काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टीले लोकतन्त्रको सुदृढीकरण सहितको संगठन विकास र विस्तारका लागि

दोस्रो चरणको जागरण अभियान सञ्ञ्चालन गर्दै गर्दा तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री शुशील कोइरालाको नेतृत्वको सरकारले आजकै दिन जारी गरेको संविधान आम नेपालीले ७ दशक अघिदेखि पर्खिरहेको लोकतान्त्रिक संविधान भएको बताउँदै यसको स्वागत एवम  सम्मान  गर्नु  आफैमा  महत्वपूर्ण कडि भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले संविधानले निर्देशित गरे अनुरुप मुलुकमा ३ तहको सरकार गठन भएपनि पछिल्लो समय संघ प्रदेश र स्थानीय तहको नेतृत्व गर्दै आएको कमन्युष्ट सरकारले जनतामा संविधान कार्यान्वयनको प्रत्याभुत गराउँनु भन्दापनि संवैधानिक दायरा भन्दा बाहिर रहेर कामकारवाही गर्न थालेकोमा चिन्ता व्यक्त गर्दै सरकारको यस कदमले संविधानको मर्ममाथि प्रहार हुन थालेको यसको ज्वलन्त उदाहरण भनेको सरकारको तर्फबाट संसद्मा पेश भएको गुठी विधेयक, मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक जस्ता अनेकन विधेयक भएको जनाउ दिनु भएको छ ।

साथै उहाँले वर्तमान सरकारले लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यतालाई समेत चुनाती दिदै लोकतन्त्रलाइ कमजोर बनाउँन लागिपरेकै कारण खबरदारी गर्न काङ्ग्रेसले आज जागरण कार्यक्रमको आयोजना गर्नु परेको बताउनुभयो । कार्यक्रममा क्षेत्र नं ८ का सभापति राजेश श्रेष्ठ , प्रदेश   का संयोजक राज्यलक्ष्मी श्रेष्ठ, जिल्ला समितिका पदाधिकारी , क्षेत्रीय पदाधिकारी, विभिन्न वडा इकाइ समितिका सभापति  महासमिति तथा  महाधिवेशन प्रतिनीधी ,भातृ संगठनका पदाधिकारी, क्रियाशील सदस्य लगायत शुभचिन्तकको उल्लेख्य उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031