शुक्रबार, बैशाख १४, २०८१

मनसुनी गतिविधि कमजोर रहेपनि आइसोलेटेड’ वर्षाको प्रवल संभावना

काठमाडौ साउन २६, जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा प्रभावित हुने जनाएको छ ।

महाशाले जारी गरेको बुलेटिनमा उल्लेख भएअनुसार मनसुनको न्यून चापीय रेखा भारतको मध्यप्रदेशमा रहेका कारण मनसुनको न्यून चापीय प्रणाली कमजोर भई मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जनाएको छ । यद्यपी प्रणाली कमजोर भएपनि वर्षा नै नहुने भन्न होइन यसवीचमा सर्वत्र भन्दा पनि स्थान विशेषका रुपमा आइसोलेटेड’ वर्षाको प्रवल संभावना रहने जनाएको छ ।

त्यस्तै महाशाखाले यहि कारणनै शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको जनाउँदै आइतवार पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याएको छ । त्यस्तै सोमबार देशको धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, पूर्वी र मध्यका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।