शुक्रबार, बैशाख १४, २०८१

अर्थभावका कारण बिरामीले औषधि उपचारबाट वञ्चित हुन नपरोस् : नेता जोशी

वीर अस्पतालमा गजेन्द्र स्मृति कोष’ स्थापना

काठमाडौ फागुन ३ , नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले वीर अस्पतालमा आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा रु १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गर्नुभएको छ ।  नेता जोशीका आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई कोष स्थापनाका लागि उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै रकम हस्तान्तरण नेता जोशीले अर्थभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस् भन्दै प्रस्तुत कोष स्थापना गरिएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति डा सुवोध अधिकारी ,न्याम्सका रजिष्ट्रार डा विश्वराज जोशी र अस्पतालका कार्यकारी निर्देशक डा बस्नेत लगायतले कोषको उपादेयता माथि माथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।