शुक्रबार, बैशाख १४, २०८१

प्रहरीकै गलत अभ्यासले केश विग्रिए पनि दोषीलाई नछाड्ने प्रहरी महानिरीक्षक खनालको दाबी

काठमाडौं  पुस १०,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीबाटै गलत अभ्यास भएको स्वीकारेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार बोल्दै उनले प्रहरीकै गलत अभ्यासले केश विग्रिए पनि दोषीलाई नछाड्ने दाबी गरे ।

यसअघि एक्लै चल्न खोजेको भन्दै आलोचित खनाल सोमबारको पत्रकार सम्मेलनमा दुईपटी दुई एआईजी पुष्कर कार्की र ठुले राईलाई राखेर पत्रकारसामू उपस्थित भएका थिए । प्रहरी प्रधान कार्यालयमा रहेका डिआइजीहरुलाई पनि सँगै राखेर पत्रकार सम्मेलन गरेका खनालले निर्मला प्रकरणमा जतिसुकै ठुलो अपराधी भए पनि नछाडिने उल्लेख गरे ।

    यो पनि पढ्नुहोस् :  निर्मला प्रकरणमा हतारमा नतिजा निकाल्न खोज्दा गडबडी भयो, प्रहरीले पनि गलत अभ्यास गरे’, खनालले भने, ‘हामी अहिले पनि अनुसन्धानकै क्रममा छौँ, यो केशलाई टुंगोमा नपु¥याइ प्रहरी चुप लागेर बस्दैन ।’

खनालले सही अनुसन्धानका लागि कुनै कुनै घटनामा लामो समय लाग्ने पनि उल्लेख गरे । ‘प्रहरी अपराध अनुसन्धानमा सफल छ, तर केही घटनाले हामीलाई प्रश्न पनि उठाएको छ’, उनले भने, ‘निर्मला प्रकरणमा पनि उपलब्धी भएको छ, तर अहिले नै सबै कुरा भनियो भने फेरि अनुसन्धान प्रभावित हुन्छ ।’

खनालले निर्मलाको बलात्कारपछि हत्यामा ‘भीआइपी’ को संलग्नताबारे बोल्दै जतिसुकै ठुलो अपराधी भए पनि नछाड्ने उल्लेख गरे । ‘जतिसुकै ठुलो अपराधी भएपनि छाड्दैनौँ’, खनालले भने, ‘निर्मलाका हत्यार पत्ता लगाउन प्रहरी भित्रको सबै विज्ञता प्रयोग गरेर इमानका साथ अनुसन्धान गर्दैछौँ । अनुसन्धानमा प्रगति हुँदै नभएको होइन, अपराधी नजिक पुग्न सबै प्रविधि र शक्ति लगाएर काम गर्दैछौँ । शून्यमै अड्किएको मात्रै नभनिदिनुस् ।’

खनालले निर्मला प्रकरणको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरी प्रहरीको आचरणविपरित जाने सबै प्रहरीमाथि कारबाही गरेरै छाड्ने उल्लेख गरे। एआइजी धीरु बस्न्यात नेतृत्वको समितिले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ प्रहरीमाथि कारबाहीको सिफारिस गरिसकेको बताउँदै यस प्रकरणमा कमजोरी गर्ने कसैलाई उन्मुक्ति नदिने खनालले बताए ।

बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन अहिले कानुन शाखामा पुगेको बताउँदै आइजीपी खनालले आवश्यक परेमा फौजदारी संहिता बमोजिम पनि उनीहरुमाथि कारबाही गरिने बचनबद्धता खनालले गरे । उनले काठमाडौँमा हत्या गरिएका पूर्वराजदूत केशवराज झाको घटनामा पनि प्रहरीले गहन अनुसन्धान अघि बढाइरहेको उल्लेख गर्दै अपराधीलाई हरहालतमा पक्राउ गर्ने बताए । अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।