शुक्रबार, बैशाख १४, २०८१

प्रम ओली नेतृत्वको म.प. दोस्रो पटक विस्तार, ११ मन्त्री र चार राज्यमन्त्रीको जिम्मेवारी तोकियो

विस्तारित ओली नेतृत्वको मपका सदस्यहरुको आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष कार्यक्रमकावीच  पद तथा गोपनीयताको शपथ  

काठमाडौ चैत्र २,  प्रधानमन्त्री केपी ओलीले आज आफु नेतृत्वको  मन्त्रिमण्डल दोस्रो पटकविस्तार गरेका छन् । प्रम ओलीले आज ११ जना मन्त्री र चार राज्यमन्त्री सहित सरकार विस्तार गरेको हो । आज विस्तार गरिएको मन्त्रीपरिषदमा एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री त्यस्तै, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार मन्त्रीर जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका छन ।  त्यस्तै गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री र पद्मा अर्याललाई   स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

त्यस्तै माओवादीबाट गिरिराजमणी पोखरेल शिक्षा, वर्षमान पुन उर्जा मन्त्री बनेका छन्। माओवादीबाट शक्ति बस्नेत वन मन्त्री , बिना मगर खानेपानी र चक्रपाणी खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन्। माओवादीले रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाएको छ।

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले सरकारमा एमालेका दुई र माओवादी केन्द्रका दुई मन्त्री थप गरेका थिए।
यसअघि इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए। त्यस्तै माओवादीको तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिईएको छ ।

 यसैवीच दोस्रो पटक विस्तारित ओली नेतृत्वको मपका सदस्यहरुले आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष कार्यक्रमकावीच  नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

मन्त्रिपरिषदको कार्यविभाजन
क्र.सं नामथर पद कार्यविभाजन
१. केपी शर्मा ओली प्रधानमन्त्री सहरी विकास र स्वास्थ्य तथा जनसंख्या
२. ईश्वर पोखरेल मन्त्री रक्षा
३. रामबहादुर थापा मन्त्री गृह
४. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
५. वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
६. गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
७. मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
८. रघुवीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
९. गोकर्णराज विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१०. शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
११. लालबाबु पण्डित मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन
१२. थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३. डा. युवराज खतिवडा मन्त्री अर्थ
१४. जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१५. रवीन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६. शेरबहादुर तामाङ मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
१७. चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
१८. वीना मगर मन्त्री खानेपानी
राज्यमन्त्री
१. पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या
२. गोकुलप्रसाद बाँस्कोटा राज्यमन्त्री सन्चार तथा सूचना प्रविधि
३. धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
४. रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।