शुक्रबार, बैशाख १४, २०८१

पञ्च वेभरेज र बुद्धल्याण्ड मेलम्ची मिनेरल वाटर कम्पनीमा शिलबन्दी

काठमाडौं असोज १७, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्दारा हामी सबैको सरोकार खाद्य स्वच्छता र गुणस्तर नारा सहित सञ्चालित “खाद्य स्वच्छता तथा गुणस्तर अभियान अन्र्तगत काभ्रे , बनेपास्थित पञ्च वेभरेज प्रा। लि।, र बुद्धल्याण्ड मेलम्ची मिनेरल वाटर प्रालिमा शिलबन्दी सहित उत्पादनमा रोक लगाएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीद्दारा आज जारी विज्ञप्तिमा अनुगमनका क्रममा शिलबन्दी गरिएका कम्पनीले अनुज्ञापत्र नविकरण नगरेको, जारमा सुरक्षण शील नलगाएको , प्रसोधन कक्ष सफा नभएको , बोतल तथा जार म्यानुअल फिलिङ्ग गरेको र प्रसोधित पानीको उत्पादन निर्देशिका अनुरुप मापदण्ड पुरा नगरेकोले उल्लेख गरिएको छ। उक्त पानी उद्योगहरुको शीलबन्दी गरी उत्पादनमा रोक लगाइएको ब्यहोरा अनुरोध छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।