शुक्रबार, बैशाख १४, २०८१

नेता खड्काको पार्थिव शरी श्रद्धाञ्जलीका लागि १ बजेअघि निजी निवासमै र त्यसपछि पार्टी कार्यालय लगिने

 काठमाडौ चैत १८,  नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका नेता खड्काको पार्थिव शरीर शनिबार राती भारतको दिल्लीबाट नेपाल ल्याइएको थियो ।

श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर आज दिउसो १ बजेदेखि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा र यसअघि निजी निवासमै श्रद्धाञ्जलीका लागि शव राखिने बताईएको छ । त्यसपछि ३ बजे पशुपति आर्यघाटमा   गरिने कार्यक्रम रहेको छ । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।