शुक्रबार, बैशाख १४, २०८१

डा.केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी , जीवनरक्षाको पहलकदमी लिन डा. भट्टराईलाई ज्ञापन

 डा केसीको जीवन रक्षाका लागि मुलुकभरका आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी

 काठमाडौं असार २७, समग्र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै  जुम्लामा पुगेर १२ दिनदेखि अनशनरत गोविन्द केसीको स्वास्थ्य अवस्था दिनानुसदन जटील बन्दै गएपछि सरकारले उनको उपचारको तयारी थालेको छ ।    सरकारले आज जुम्लामा हेलिकप्टर पठाएर केसीलाई आवश्यक उपचारका लागि  काठमाडौं ल्याउने तयारी गरे पनि नेपाल चिकित्सक संघले आफ्ना प्रतिनिधि नपठाएपछि केसीलाई लिन जान लागेको हेलिकप्टर रोकिएको थाहा भएको  छ ।  यस सम्बनधमा प्रम ओलीले सबै मन्त्रीहरुलाई बोलाएर केसीका मागका सम्बन्धमा छलफल गर्दै विहिवारसम्म केसीलाइ उपचारको लागि काठमाडौं ल्याइ उपचार गर्ने र त्यसपछि यहाक्ँ माग सम्बन्धमा छलफल गर्ने मनस्थिती बनाएको बुझिएको छ ।

यसैवीच नेपाल चिकित्सक संघले नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई आज ध्यनाकर्षण सहितको ज्ञापनपत्र बुझाउँदै अनसनरत डा गोविन्द के��ीको जीवन रक्षाको लागि राज्यको ध्यानाकर्षण गराउँन माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई आज ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र महासचिव डा लोचन कार्कीले आज संयोजक डा भट्टराई भेटी अनसनरत डा केसीको जीवन रक्षाका लागि सरकारसमक्ष विशेष पहल गरिदिन आग्रह सहित यस्तो ज्ञापन बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा   आफ्नो  आग्रहलाई अस्वीकार गरिए डा केसीको जीवन रक्षाका लागि मुलुकभरका आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी  दिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।