बुधबार, बैशाख २६, २०८१

घुसरकम सहित इन्जिनियर मजिद खाँ पक्राउ

 काठमाडौ असार १८,  बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई रु २५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रवार कोहलपुर नगरपालिका–४ मदनचोकस्थित सार्वजनिक प्रतीक्षालयबाट घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा इन्जिनियर खाँले माटो कटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा शुक्रवार पक्राउ गरिएको भए आइतवारमात्र सार्वजनिक गरेको हो ।

 यसैवीच आयोगले आइतवार महानगरीय अपराध महाशाखा, टेकु काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक महेश सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।