शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, देउवा र सिंहबीच टक्कर हुने

 काठमाडौ फागुन १८,   फागुन २१ गते हुने नेपाली काँग्रेस संसदीय दलको नेता चयनको निर्वाचनकोका कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक हुनुपूर्वसम्म काँग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच टक्कर हुने देखिएको छ ।

 यद्यपी आज सार्वजसनक निर्वाचन कार्यतालिका अनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ । त्यस्तै उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु गरिने बताईएको छ ।

यसअघि संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।