बुधबार, बैशाख २६, २०८१

काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा

काठमाडौ फागुन १५, नेपाली काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

संहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको नेता चयनका लागि चिनकाजी श्रेष्ठको सयोजकत्वमा केन्द्रीय सदस्यद्दय नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे सदस्य रहेको समिति आजको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको हो ।

त्यस्तै समितिले यसको लागि १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी भएकोे जनाएको छ । दलको नेताको लागि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहको चर्चा रहेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।