बिहिबार, बैशाख २०, २०८१

सर्वोच्चको आदेश र अस्पताल फार्मेसी सेवा निर्देशिका विपरित शिक्षण अस्पतालमा फार्मेसी सञ्चालन

आर्थिक चलखेलको पराकाष्ठा: 
काठमाडौं जेठ १,   सर्वोच्चको आदेश र अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ विपरित त्रिवि शिक्षण अस्पताल परिसरमा बन्द भएको संग फर्मा नामको निजी फार्मेसी करोडौंको आर्थिक चलखेल सहित सरोकारवाला निकायको निति निर्देशनलाइ धोती लगाउँदै सञ्चालनमा आएको छ ।

महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल हाताको दाँया साइडमा रहेको संग फार्मेसीका सञ्चालक विनोद थापाले औषघि व्यवसायी र अस्पतालको समेत बाँकी वक्यौत करिव २ करोड ६८ लाख तिर्न नसक्दा भएको कारवाही अन्र्तगत थापा प्रहरी हिरासतमा गएयता बन्द भएको उक्त फार्मेसी पुन सञ्चालन गर्ने नियोजित नाटक  अन्र्तगत अस्पतालका निर्देशक डा दीपक महरा समेतलाइ प्रभावमा पार्दै सञ्चालनमा आएको बुझिएको छ । निर्देशक डा महराले पनि प्रस्तुत फार्मेसी सञ्चालनको गर्न गराउँने क्रममा मोटो नजराना बुझेको समाचार स्रोतको दावी रहेको छ ।

स्मरण रहोस टिचिङ अस्पतालका आफ्नै २ फार्मेसी भएपनि सर्वोच्च अदालतले कुनैपनि अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन दिएको आदेश र सरकारले जारी गरेको निजी फार्मेसी सञ्चालन नियन्त्रण गर्न अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ विपरित आर्थिक चलखेल सहित सञ्चालनमा आएको फार्मेसीको सवालमा शिक्षण अस्पतालका निर्देशक डा दीपक महरासंग बुझन पटक पटक सम्पर्क गर्दा समेत उहाँसंग सम्पर्क हुन सकेनन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु