बिहिबार, बैशाख २०, २०८१

अप्राकृतिक मैथुन गर्ने बालयौन दुराचारी पक्राउ

काठमाडौ साउन ७, बालयौन दुराचारको आरोपमा ६३ वर्षीय अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेड पक्राउ परेका छन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको विज्ञप्तिमा अष्ट्रेलियन नागरिक अल्फ्रेडले बालकहरूलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्ने गरेको भने सूचनाको आधारमा निज बस्दै आएको पोखरा मनपा वडा नं। ६ डिहिको पाटन स्थित भाडा कोठामा छापा मार्दा दुई बालक सहित निजलाइ पक्राउ गरेको उल्लेख गरिएको छ ।

त्यसतै विज्ञप्तिमा बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुर अन्तर्गत मुद्धामा सम्मानित कास्की जिल्ला अदालत पोखराबाट म्याद लिई अनुसन्धान भईरहेको सिआइवीले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।