बिहिबार, बैशाख १३, २०८१

काङ्ग्रेसद्वारा पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त

काठमाडौं साउन ७, नेपाली काङ्ग्रेसले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राति पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा आज जारी गरको विज्ञप्तिमा घटनामा परी बेपत्ता भएका व्यक्तिहरूको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनःस्थापनाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा घटनाका घाइते भएकाहरूलाई उपचार एवं राहत तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकार समक्ष आग्रह गर्दै पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना साथै जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।