काठमाडौ चैत १३, राष्ट्रिय मानवअधिकार आयोगले चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्द लगायतका मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपाल बन्दका कारण विद्यालयका बालबालिकाको एसइई परीक्षा एवं सोही दिनका लागि निर्धारण गरिएको कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको देशव्यापी निर्वाचन समेत प्रभावित हुने बतमईएको छ ।
त्यस्तै विज्ञप्तिमा यस किसिमका विरोधका कार्यक्रमका कारण आमनागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, शिक्षा, पेशा व्यवसाय लगायतका अधिकार समेत हनन हुने भन्दै नेपालको संविधान एवं विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनले प्रत्याभूत गरेका अधिकारको उपभोगबाट सामान्य नागरिकसमेत वञ्चित रहनुपर्ने स्थिति रहने र बन्दको आह्वानले आमनागरिकको हकअधिकार संरक्षणभन्दा जनजीवन नै कष्टकर र पीडादायी हुने हुँदा विरोधका कार्यक्रम फिर्ता लिन आयोगले ध्यानाकर्षण समेत गराएको छ ।
साथै कुनै पनि द्वन्द्व, विमति वा सङ्घर्षको स्थितिलाई प्रतिद्वन्द्वबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका सङ्घर्ष एवं आन्दोलन वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात् गर्दै त्यसतर्फ गम्भीर रहन पनि आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै आयोगले चन्दा, विष्फोट, हत्या, हिंसायुक्त कार्य नगर्न, कतै पनि भययुक्त वातावरण सिर्जना नगर्न, राजनीतिक विचार, आस्था र आशङ्काको भरमा यथेष्ट प्रमाणबिना महिला, बालबालिका वा अन्य कुनै पनि नागरिकलाई धरपकड नगर्न, संविधानप्रदत्त अधिकारको प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न आग्रह भनेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान