बिहिबार, बैशाख २०, २०८१

सभामुखको रुलिङको अवज्ञा गर्दै सरकारले संसदीय सर्वोच्चताको खिल्ली उडाएको सासंद झाको जनाउ

राजपाद्दारा लाल प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अवरुद्ध

काठमाडौ चैत ४,  प्रतिनिधिसभाको आज बसेको बैठक पनि राष्ट्रिय जनता पार्टी नेपालका र्ससद सदस्यले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक  अवरुद्ध गरेका छन ।

सभामुख कृष्णबहादुर महराले आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउन शुरु गरेका थियो । त्यसलगत्तै सभामुख महराले राजपाका नेता अनिल झालाई बोल्न समय दिएपछि संसद सदस्य झाले सरकारलाई लाल आयोगको प्रतिवेदन बैठकमा सार्वजनिक गर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग गर्दै कैलालीको टीकापुर घटनाको सत्यतथ्य सहितको प्रतिवेदन सार्वजनिक नगरेर सत्य लुकाउन खोजेको बताए ।

त्यस्तै उहाँले यसअघिपनि सभामुखको रुलिङको अवज्ञा गर्दै सरकारले संसदीय सर्वोच्चताको खिल्ली उडाएको बताउँदै प्रतिवेदन सार्वजकि नभएसम्म बैठक सुचारु हुन नसक्ने जनाउ दिदै निरन्तर विरोध जनाउने क्रम जारी राखेपछि सभामुखले बैठक १० मिनेटको लागि स्थगन भएको घोषणा गर्नुभएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।