शुक्रबार, बैशाख १४, २०८१

५२ लाख भ्रष्टाचार गरेको अभियोगमा ने.वि.प्रा.का लेखापाल महतविरुद्ध मुद्दा दायर

काठमाडौ चैत ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी पवज्ञप्तिमा लेखापाल महतले वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको त्यस्तै ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदासमेत आफ्नो जिम्मेवारी बरबुझारथ नगरी रु २० लाख बराबरको हिनामिना गरेको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा लेखापाल महतले कर्मचारीको तलब तथा निबृत्तिभरण भुक्तानी गर्ने क्रममा भौचर तयार गर्दा कुनै खर्च प्रमाण बेगर खर्च समायोजन उल्लेख गर्दै खर्च लेखाङ्कन गरी आफ्नो नाममा चेक बनाई भुक्तानी लिने समेतका कार्य गरी ५२ ��ाख १३हजार पाँच सय नब्बे रूपैयाँ बराबरको सरकारी सम्पत्तिको हिनामिना गरी निजी प्रयोगमा लगाएको स९प्रमाण पुष्टि हुन आएको जनाउँदै निज विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै कपिलवस्तु, यशोधरा गाउँपालिका वडा नं.३ स्थित श्री कृष्ण धार्मिक मावि बसन्तपुरका विद्यालय व्यवस्थापन समितिका सदस्य बिजयनाथ चौवेलेविरुद्ध पनि आजै मुद्धा दायर गरेको छ ।  आयोगका अनुसार चौवेले अंग्रेजी विषयको मावि अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति दिलाउँने भन्दै परिक्षार्थीसँग एक लाख घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेको थियो ।

त्यस्तै आगोगले डोर हाजिरबाट जन्जिरदारको काम गर्नका लागि राखिएका पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग रू।२६ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा राजविराज स्थित थारू रिसोर्टबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य शुरु गरिएको प्रवक्ता प्रदीपकुमार कोइराला द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।