बिहिबार, बैशाख १३, २०८१

पूर्वमुमा बडामहारानी रत्न स्वास्थ्यलाभ गरि नर्भिकबाट डिस्चार्ज

काठमाडौं चैत ४,  छातीमा संक्रमण भएका कारण उपचारका लागि गत फागुन २१ गते अस्पताल भर्ना गरिएका पूर्वमुमा बडामहारानी रत्न शाह दुइसातको उपचार पछि आज स्वास्थ्य लाभ गरि नर्भिक अस्पतालबाट  डिस्चार्ज भएकी छिन् ।  पूर्वमुमा बडामहारानी रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह लगायत  राजपरिवारका अन्य सदस्य उहाँलाइ रिसिभ गर्न अस्पताल पुगेका थिए ।

उहाँ अस्पतालमा उपचारारत रहँदा हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । त्यस्तै अस्पतालबाट डिस्चार्ज भएपछि पूर्वमुमा बडामहारानी रत्न र पूर्वरानी कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक डा फणि पाठकले जारी गर्नु भएको सूचनमा उल्लेख गरिएको छ ।

पूर्वमुमा बडामहारानी रत्नको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा.मधु घिमिरे र डा.ब्रजेन्द्र श्रीबास्तव लगायतका चिकित्सक उपचारमामा संलग्न रहेको नर्भिक अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।