बुधबार, बैशाख १९, २०८१

राउत पक्षबाट हुनसक्ने विखण्डनकारी क्रियाकलापप्रति सतर्क रहन मालेको आग्रह

काठमाडौं फागुन २७ नेकपा  मालेको स्थायी कमिटी बैठकले सरकारले सिके राउत समूहले स्वतन्त्र मधेशको सवालमा सहमति भएको दुइ दिनभित्रै जनमत सङ्ग्रह’ गर्न नेपाल सरकार राजी भएको भन्दै प्रचार गर्न थालेकोमा आश्चर्य सहित प्रस्तुत विषयमा सरकारले अविलम्ब आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ ।

यद्यपी पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले राउतसमूहलाइ सरकारले शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ ।

त्यस्तै बैठकले सहमतिको बुँदा नं २ मा ‘तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको’ कुरा उल्लेख गरिएको छ । यसलाई राउत पक्षले शान्तिपूर्ण ढङ्गले राष्ट्र विखण्डनकारी क्रियाकलाप अगाडि बढाउन सक्ने खतराप्रति सतर्क रहन आवश्यक रहेको जनाउ दिदै सहमतिमा उक्त समूहको नाम ‘स्वतन्त्र मधेश गठबन्धन’ भनेर सरकारद्वारा स्वीकार गरिएको, र लोकतान्त्रिक राजनीतिक शक्तिको रूपमा व्यवहार गर्ने भनिएका विषय आपत्तिजनक विषयको रुपमा पहिचान गरिएको प्राप्त समाचार उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728