आइतवार, बैशाख २३, २०८१

स्पेन र पोर्चुगल अन्तिम १६मा, आज नाइजेरिया र अर्जे्न्टिनावीच रामोञ्चक खेल हुने

अव समूह विजेता स्पेन र रुसवीचको आमने-सामने हुने  

 काठमाडौं असार १२ विश्वकप फुटबलको सोमवार सम्पन्न खेलसंगै स्पेन र पोर्चुगल अन्तिम १६मा प्रवेश गरेका छन् । स्पेनले मोरक्कोसँग २९२ गोलको बराबरी र पोर्चुगलले इरानसँग १९१ गोलको बराबरी खेल्दै समुह चरणबाट ५९५ अंक सहित अन्तिम १६मा   पुगेको हो ।

९० मिनेटसम्म २९१ ले पछि परेको स्पेनका लागि ईयागो आसपासले ईन्जुरी समयमा बराबरी गोल गरेको हो भने यता पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता कायम गर्दै गर्दा खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट इरानले बराबरी गोल गरेको हो।  स्पेन समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ । अर्को चरणमा स्पेनले समुह ए को उपविजेता रुसको सामना गर्नेछ ।

यसैवीच आज नेपाली समय अनुसार साँझ ७ः४५ –अस्ट्रेलिया र पेरु  समूह सी  बाट त्यस्तै साँझ ७ः४५ –डेनमार्क र फ्रान्स  समूह सीबाट  राति ११ः४५ –नाइजेरिया र अर्जे्न्टिना  समूह डी त्यस्तै  राति ११ः४५ –आइसल्याण्ड र क्रोएसियावीच भिडन्त हुनेभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।