काठमाडौं जेठ ३१ , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सञ्चार क्षेत्रले बालबालिकाका समाचार संप्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताउनु भएको छ । बालसंवेदनशी र राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७४ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार –२०७४ बाट पुरस्कृत पत्रकार र सगरमाथा आरोहण गर्ने पत्रकारलाई बधाइ दिँदै मन्त्री थापाले समाजमा रहेका विकृति विसंगतिलाइ न्यूनिकरण भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द्र आचार्यले बालबालिका सम्बन्धित सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्दा त्यसले पार्नसक्ने प्रभाव बारे पत्रकारले ध्यान दिनुपर्नेमा जोड दिनु भएको उक्त कार्यक्रममा बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठ, केन्द्रीय बालकल्यण समितिका कार्यकारी निर्देशक तारक धिताल लगायतले पुरस्कृत पत्रकारलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७४ अन्तर्गत रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका ) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल . सिन्धुली) छापामाध्यमतर्फ सुशील दर्नाल (रासस–उपत्यका) र निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल) बाजुरालाई प्रदान गरिएको छ । त्यस्तै टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समुह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल) रुपन्देही र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की नेपाल वातावरण पत्रकार समुह र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिएको छ ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघले संयुक्त राज्य अमेरिकामा क्रियाशील संस्था मदरल्याण्डसँगको सहकार्यमा प्रदान गर्दै आएको ‘‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४’ लैङ्गिक समानताको नारासहित सगरमाथा आरोहण गर्ने रोशा बस्नेत, कल्पना महर्जन, रोजिता वुद्धाचार्य, डोमा शेर्पा र देउराली चाम्लिङ्ग र पूर्णिमा श्रेष्ठ तथा सगरमाथा आरोहण प्रयास गर्ने प्र्रियलक्ष्मी कार्कीलाई संयुक्तरूपमा प्रदान गरियो । सगरमाथा आरोहणमा संलग्न ६ जना पत्रकार महिलालाई संयुक्तरूपमा एक लाख वीस हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा बालमैत्री सञ्चार निर्देशिका –२०७३ सम्बन्धमा अन्तक्र्रिया र अभिमुखिकरण समेत सञ्चालन गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान