शुक्रबार, बैशाख २१, २०८१

मन्त्रिपरिषद बैठक: असार ३ गते दुबै सदनको संयुक्त बैठक आव्हान

 टेलिभिजनको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्वसभापति डा.विस्ट, राससकोअध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं जेठ ३१ , आज बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्न असार ३ गते दुबै सदनको संयुक्त बैठक बोलाउने निर्णय गरेको छ।  त्यस्तै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार ले बैठकले नेपाल टेलिभिजनको अध्यक्ष नेपाल पत्रकार महासंघका पूर्वसभापति डा महेन्द्र विस्टलाई नियुक्त गर्ने निर्ण गरेको छ। त्यस्तै, राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपालको तर्फबाट एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा मनिलामा कार्यरत डा. सोमनाथ सुवेदीलाई सो पदबाट फिर्ता गरी उनको स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरेको छ। त्यस्तैगरि नेपाल सरकार र चीनको चीन अन्तर्राष्ट्रिय सहायता विकास नियोगबीच मानव विकास सहायता सम्बन्धी समझदारी गर्ने कायम गर्ने र जापान सरकारबाट प्रोजेक्ट फोर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप अन्तर्गत प्राप्त हुने जापानी येन करिब २८ करोड २० लाख ९नेपाली २७ करोड ५५ लाख० अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

 नेपालको संघीय, प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा संलग्न संस्थाहरुको प्रणाली तथा कार्यविधिलाई सरलीकरण तथा प्रभावकारी बनाउने उद्देश्य राखी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएबाट करिब १५ मिलियन बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता वास्कोटाले जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।