शुक्रबार, चैत्र १६, २०८०

नेपालको संगीत रोयल्टी अवधारणा एशियाकै नमूना : विज्ञ समूह

काठमाडौ जेठ ३१,   विश्वका दिग्गज प्रतिलिपि अधिकार अभियन्ताहरुले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सराहना गरेका छन्।  प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताहरुले १० दिने प्रथम एशियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापनको क्रममा नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएको हो ।

त्यस्तै १० भन्दा बढि एशियाली मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा आएकी फिनल्याण्डकी प्रतिलिपि अधिकार विज्ञ टारिया कोस्किनेन ओल्सनले एशियास्तरीय कार्यक्रमको शुरुवात नेपालबाटै भएकोमा आफू हर्षित भएको उल्लेख गरिन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।