उपत्यकामा रहेको संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गरि उपत्यकाको आर्थिक समृद्धिमा नयाँ आयाम थप्नुपर्नेमा सासंद श्रेष्ठको जोड
शरण डंगोल / काठमाडौं चैत २९, अन्तर्राष्ट्रिय सम्पदा दिवशका अवसरमा हनुमानढोकादेखि स्वयम्भूक्षेत्रमा आगामी वैशाख ८ गते सम्पदा पदयात्राको आयोजना गरिने् भएको छ । सम्पदा यात्राको जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार काठमाडौ महानगरपालिकाको संयोजनमा आयोजना हुने प्रस्तुत सम्पदायात्रा मुलत विश्व सम्पदामा सूचिकृत सम्पदा क्षेत्र हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक महत्व उजागर गर्नु रहेको बताईएको छ । पत्रकार सम्मेलनमा सम्पदा यात्राका संयोजक समेत रहेका कामपा प्रमुख प्रमुख विद्यासुन्दर शाक्यले मुर्त र अमुुर्त सम्पदाबारे जानकारी दिदै पर्यटनको प्रबद्र्धन सहित संरक्षण तथा प्रचारप्रसार गर्न पदयात्रा गरिन लागेको जनाउ दिनु भएको छ ।
त्यस्तै उहाँले काठमाडौं क्षेत्र नं.७ र ८ का माननिय सदस्यहरु, हनुमान ढोकासँग जोडिएका ४ वटा वडा लगायत पदयात्रामा रहेको वडा नं. १८ र १५ का वडाध्यक्ष सहित सम्पदा पदयात्रासँग सम्बन्धित धार्मिक सांस्कृतिक समूह लगायत स्थानीय व्यक्तित्वहरुको संलग्नतामा थप आयोजक समिति समेत गठन गरिएको जानकारी दिनु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा काठमाडौ क्षेत्र नं ८ का लागि संघीय संसदका सदस्य जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेको संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गरि उपत्यकाको आर्थिक समृद्धिमा नयाँ आयाम थप्नुपर्नेमा जोड दिनु भएको छ ।
बैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकामा उद्घाटन गरि प्रधानमन्त्री केपी ओलीले स्वयम्भू भूइँखेल मैदानमा समापन गर्ने कार्यक्रम रहेको प्रस्तुत सम्पदा यात्रा कार्यक्रममा स्थानीय मरु गणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरु बही, बन्जा हिटी, दमाई टोल, नरदेवी, लोकेश्वर मूर्ति, भूइँखेल हुँदै स्वयम्भूसम्मको पदयात्राको मार्ग व्यवस्थापन गरिएको छ । त्यस्तै समितिले वैशाख २ गतेदेखि सरसफाइ, खेलकुद, चित्रकला प्रदर्शनीलगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान