मङ्लबार, बैशाख ११, २०८१

पिडान पोखराले व्यवसायलाइ मर्यादीत बनाउँन आवश्यक रणनितीगत योजना तय गर्ने

काठमाडौं चैत २९ , नेपाल औषधी थोक व्यवसायी सघ प्रदेश् ४ पोखराद्दारा नव बर्ष २०७५ अवसरमा शुक्रवार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष रुद्र मल्लका अनुसार केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाको प्रमुख आतिथ्य एक विशेष कार्यक्रमकावीच सम्पन्न हुने प्रस्तुत कार्यक्रममा भित्ते पात्रोको विमोचन एवम् स्थानीय औषधी थोक व्यवसायीवीच केन्द्रीय अध्यक्षको उपस्थितीमा अन्तरसंवाद कार्यक्रम गरिने जानकारी दिनु भएको छ ।

कार्यक्रममा थोक व्यवसायीले झेल्दै आएको समस्या र सोको निराकरणका लागि नितिगत मार्ग पहिल्याउँदै व्यवसाय र व्यवसायीलाइ मुलुकको  पछिल्लो  परिवर्तित  संरचना अनुरुप मर्यादीत बनाउँन आवश्यक रणनितीगत योजना तय गरिने केन्दीय अध्यक्ष वास्कोटाले हामीसंगको टेलिफोन संवादमा बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।