शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ पत्रकार महासंघ प्रदेश समितिः निर्वाचन कार्यतालिका

काठमाडौ चैत २९,  नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  सार्वजनिक कार्यतालिका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।

निर्वाचन कार्यतालिकानुसार वैशाख ५ गते मतदाता नामावली र मतदाता नामावलीमाथि दावी विरोध, वैशाख ६ गते मतदाताको अन्तिम नामावली प्रकाशन, ७ गते उम्मेदवारी दर्ता र उम्मेदवारमाथि दावी विरोध गर्न पाइनेछ । वैशाख २२ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

सातै प्रदेशमा एकै दिन छुट्टाछुट्टै स्थानमा महासंघको प्रदेश समितिका लागि निर्वाचन हुँदैछ । महासंघको गत भदौमा केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन र जिल्ला शाखाको निर्वाचन सम्पन्न भइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।