आगामी चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन
काठमाडौं भाद्र२६ ,
सत्तारुढ नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टी भित्र मौलाउँदै आएको यावत विवादको अन्त्य गर्दै पार्टीको अध्यक्षद्दय केपी ओली प्रचण्डको कार्याविभाजनसहितका विभिन्न ठोस कार्ययोजनाका प्रस्ताव पारित गरेको छ ।
आपसी अविश्वास र अन्तरकलहका कारण पटकपटक मिति तोक्दै स्थगन हुँदै आएको स्थायी कमिटीको बैठक अध्यक्षद्दयको सहमतिमा महासचिव विष्णु पौडेको संयोजक्तवमा गठित समस्या समाधान समितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै यसअघि सिर्जना भएको सवैखालका विवादलाइ ठोस रुपमा सम्बोधन गर्दै आजै बैठक समापन गरिएको छ । यद्यपी बैठक र यसको एजेन्दा प्रति वरिष्ठ नेता माधव नेपाल अझै पनि आफुले राखेकोमा ग सम्बोधन नभएको पक्षलाइ लिएर असन्तुष्ट रहेको बताईएको छ ।
त्यस्ते आजको बैठकले पारित गरेको सहमति अनुरुप प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष प्रचण्डलाइ कार्यकारी अधिकार सहित भूमिका निर्वाह गर्ने जिम्मेवारी दिईएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पछि जानकारी दिनुभयो ।
त्यस्तै उहाँले आगामी चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने र सोका लागि आवश्यक तयारी गर्न कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट अथात एमसिसी लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।
सीमा समस्या समाधान नियन्त्रणका लागि समेत बैठकले कूटनीतिक वार्ताका माध्यमबाट आवश्यक पहल लिन सरकारलाइ सुझाव दिएको छ भने बढदो कोभिड जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारका कामलाई अझै प्रभावकारी बनाउन राष्ट्रिय एकताका साथ अघि बढ्न सरकारलाई बैठकले सुझाव पनि दिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान