बिहिबार, चैत्र १५, २०८०

काठमाडौं उपत्यकामा कोभिड संक्रमितको सख्या १० हजार नाघ्यो

उपत्यकाका आज मात्र ६९६ जना संक्रमितको पहिचान

काठमाडौं भाद्र २६ ,

सरकारले जारी निषेधाज्ञा खुकुलो गराएसँगै काठमाडौं उपत्यकाका तीनै जिल्लामा कोभिड संक्रमितको सख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ७०१ जनाको पीसीआर परीक्षणको क्रममा पहिचान भएका १ हजार ४५४ जना कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकाका मात्र ६९६ जना रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ उपत्यका अन्र्तगत आज पहिचान भएको संक्रमित मध्ये काठमाडौमा ६२०, ललितपुरमा ३८ र भक्तपुरका ३८ जना देखिएको र यो सख्या उपत्यकामा अहिलेसम्मकै उच्च सख्या भएको मन्त्रालयले जनाउँदै पटिल्लो डेटा अनुसार काठमाडौ उपत्यकामा संक्रमितको संख्या १० हजार नाघेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १ हजार ९२ र भक्तपुरमा ८९० संक्रमित रहेको जानकारी समेत दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।