काठमाडौं भाद्र १७ ,
काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । यसअघि सरकारले गत भाद्र ३ गते जारी गरेको निषेधाज्ञा भाद्र १० सम्म कामय गरिएकोमा थप सात दिन थप गरी आज मध्यराति सम्मका लागि कायम गरिएको थियो ।
यसवीचमा उपत्यकामा बढ्दो कोभिड संक्रमणको समस्या लाइ दृष्टिगत गर्दै आजबाट आगामी भाद्र २४ गते मध्ये रात्रीसम्म कायम रहने गरि निषधाज्ञाा थप गरिएको हो ।त्यस्तै जारी निषेधाज्ञाको क्रममा यसअघि गरिएको व्यवस्थालाइ थप परिमार्जित गर्दै अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु, दूध, फलफुल, माछामासु, तरकारी विक्री गर्ने समय बढाएर ९ १५ बजेको समय सिमा थप गर्दै विहान ११ बजेसम्म पुर्याइएको छ । त्यस्तै जारी सूचनामा उल्लेखभएअनुरुप विकास निर्माणसँग सम्बन्धित पसल र व्यवसायका साथै छोटो ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न स्वीकृति दिइएको छ ।
अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरूको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने ब्यवस्था स्वाब परीक्षण गराउने व्यक्तिहरू रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।
साथै व्यवसायीहरुलाई टेक अवे सेवा संचालन गर्न पनि स्वीकृति दिएको छ । यसरी व्यवसाय सञ्चालन गर्दा सेवामा रहने ब्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने मापदण्ड बनाइएको छ भने होम डेलिभरीमा खटिने कर्मचारीहरुको पनि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जारी १५ बुँदे सूचनामा उल्लेख गरिएको छ ।
यस्तै जारी १६ बुँदे सूचनामा मापदण्डअनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टिन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न , खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने भएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्दै अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछन् । साथै बैंकलगायत अन्य संस्थाले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा सञ्चालनको व्यवस्था गर्नुपर्ने छ । उक्त कार्य गर्न कठिन भए नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी सङ्ख्याको एक तिहाइ नबढ्न गरी सेवा सञ्चालन गर्न सकिनेछ । एटिएम सञ्चालन गर्दा सम्बन्धित बैंकले डिसइन्फेक्ट गर्नुपर्ने जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान