शुक्रबार, चैत्र १६, २०८०

अरिवरल वर्षासँगै गएराति आएको बाढीपहिरोका कारण ४ को मृत्यु, १२ जना वेपत्ता

[फाइल फोटो ]

बागलुङ भाद्र १८,
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा अरिवरल वर्षासँगै गएराति आएको बाढीपहिरोले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएकोछ ।

त्यस्तै प्रहरीका अनुसार बाढीपहिरोले ४ जनाको मृत्यु भएको छ भने १० घर बगाउनुको अलावा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको जनाएकोछ ।

त्यस्तै बाढीग्रस्त क्षेत्रमा राति नै घटना स्थलमा प्रहरी परिचालन गर्दै उद्धार कार्य शुरु गरिएको छ भने आज  बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई समेत परिचालित गरिएको स्थानीय प्रशाससनले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।