नेपाली सञ्चारजगतमा कोभिडको कहर : काँग्रेस कोभिड अनुगमन समिति र पत्रकार महासंघ पदाधिकारी वीचको छलफल
काठमाडौं साउन ५,
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक तथा डा.प्रकाश शरण महतले पत्रकारलाई पेशाबाट बञ्चित गरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै पत्रकार जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या भएको बताउनुभएको छ ।
सहमहामन्त्री महत संयोजक रहेको नेपाली कांग्रेसको कोभिड अनुगमन समिति ले आज महासंघको मुख्यालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीवीच भएको कोभिड १९ नेपाली सञ्चार क्षेत्रमा पारेको असर विषयक छलफल कार्यक्रममा उहाँले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले उहाँले पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धीत संचारगृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिनुभयो । साथै उहाँले पत्रकार महासंघको साथमा कांग्रेस सधै रहेको र रहिरहने विश्वास दिलाउदै अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
त्यस्तै छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिड कारण दुईहजार भन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको तथा ७ सय भन्दा बढि सञ्चारमाध्यम बन्द भएको बताउनुभयो । उहाँले काभिडको महामारीको कारण देखाउदै नाफामा रहेका सञ्चारगृहले समेत पत्रकारलाई रोजगारबाट बञ्चित गर्ने श्रम शोषण गरेको भन्दै त्यसका बिरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
त्यस्तै महासंघका पूर्व सभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोरोना अनुगमन समितिका सदस्य डा. चन्द्र भण्डारीले कोरोना विपदको यस घडिमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निष्काशन गर्नु अत्यन्तै अमानविय घटना भएको बताउनुभयो । उहाँले संचार जगतले प्रतिपक्षको भन्दा ठुलो भूमिका निर्वाह गरेको भन्दै यस क्षेत्रमा संकट आउनुले प्रजातन्त्रमै खतरा भएको बताउनुभयो ।
त्यसैगरी कांग्रेसका नेता एनपी साउदले अहिलेको परिस्थितीमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिदै कांग्रेस सधै पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो । साउदले कोरोना प्रभावित क्षेत्र तथा समुदायसंग साथ र सहयोगका लागि उक्त समितिको स्थापाना गरिएको बताउनुभयो ।
यस्तै अर्का सदस्य तथा नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले यो अनुगमन समितिले कोरोनाबाट प्रभावित विभिन्न क्षेत्र तथा समुदायसंग छलफल गरिरहेको भन्दै पत्रकारको समस्याप्रति गम्भीर रहेको बताउनुभयो ।
त्यस्तै अर्की सदस्य तथा डा.माधवी भट्टले सरकारले आफुमाथि बिरोध बन्द गर्ने मनसायका कारण पत्रकारका समस्याप्रति सरकार मौन रहेको बताउनुभयो ।
छलफलमा महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएतापनि काभिडका कारण यो पोशामा गम्भीर संकट देखिएको बताउनुभयो । उहाँले केही संचारगृहले पत्रकारलाई पेशाबाट बञ्चिर गरेको भन्दै पत्रकारको रोजिरोटिका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।
नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कारण संचार संचालकहरु विगतमा ठुलो धन राशि जोड्न सफल भएको भन्दै काभिडको बाहानामा पत्रकारलाई पेशाबाट निश्काशन गर्नु अत्यन्तै दुखद रहेको बताउदै पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई साचारमाध्यमलाई व्यवस्थित गर्ने उपयुक्त समय रहेको बताउनुभयो ।
त्यस्तै गरि नेपाल पत्रकार महासंघ, उपत्यका समितिका महासचिव श्रीजन झाले कोरोना भाइरसको महामारीका कारण पत्रकारहरु चौतफी मारमा परेको बताउदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले कोरोनाको बाहानामा विभिन्न संचारगृहबाट दश जना भन्दा बढि पत्रकारलाई जागिरबाट निष्काशन गरिएको बताउनुभयो । पत्रकारको हितमा लड्दा आफुलाई समेत उपत्यका बाहिर सरुवा गरिएको बताउनुभयो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान