शनिबार, बैशाख ८, २०८१

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत जैसी र सबइञ्जिनीयर मोक्तान रङ्गेहात अख्तियारको फन्दामा

काठमाडौं साउन ५ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तानलाइ सेवाग्राहीबाट रु १ लाख ५० हजार घुस लिदै गरेको अवस्थामा रङ्गेहात निजहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार निर्माणाधिन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।