बुधबार, बैशाख १९, २०८१

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन गर्ने सञ्चारगृहविरुद्ध जाग्यो महासंघ

काठमाडौं असार २ , नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने जस्ता कामकारवाही प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सशक्त आन्दोलनको उदेघोष गरेको छ।

आज महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले श्रमजीवी पत्रकारलाइ यो वा त्यो वहानामा सेवाबाट निष्काशन गर्ने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकै कारण सशक्त आन्दोलनमा जाने निर्णय गरेको हो ।

त्यस्तै महासंघका महासचिव रमेह विष्टद्दारा जारी विज्ञप्तिमा एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गर्दै तोकिएको समयसिमामा पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने उल्लेख गरिएको छ ।

साथै महासंघले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु