बिहिबार, बैशाख २०, २०८१

काँग्रेसले भन्यो -व्यक्तिको मृत्युपछि कोभिड संक्रमण पुष्टि गर्नु सरकारको अकर्मण्यताको पराकाष्ठा

काठमाडौं जेठ २६,   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले मानिसको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु सरकारको गैर जिम्मेवारी मात्र नभइ अकर्मण्यताको पराकाष्ठा भएको आरोप लगाएको छ ।

त्यस्तै सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस केन्द्रीय समितिको बैठकले कुल जनसंख्याको ३ प्रतिशतमा कोरोना परीक्षण गर्नपनि सरकारसँग माग गरेको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संक्रमणको बेलामा समेत स्वास्थ्य सामग्रीको आपूर्तिमा अन्र्तगत भ्रष्टाचारमा लिप्त हुँदै सरकारले अस्पतालको क्षमता वृद्धि, ‘पीसीआर’ परीक्षणमा तीव्रता, ‘क्वारेन्टिन’को उचित व्यवस्थापनमा उदासिनता देखाएको आरोप समेत लगाएका छन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।