बिहिबार, चैत्र १५, २०८०

भक्तपुर अस्पतालमा सुत्केरी महिलाको मृत्यु, कोभिडको आशङ्कामा अस्पतालको सबै सेवा बन्द

भक्तपुर जेठ २६, भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएसंगै अस्पतालको सबै सेवा बन्द गरिएको छ । आइतबार साँझ अस्पताल हुन आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार सुत्केरी महिलामा स्वासप्रश्वास खोकीको समस्या रहनुको अलावा सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएपछि महिलामा कोभिड सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको जनाउदै मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे मृतक महिलाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको जनाएको छ ।

प्राप्त जानकारी अनुसार मृतक महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने निजको बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।