शनिबार, बैशाख ८, २०८१

थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण, ४८८ जना उपचारपछि डिस्चार्ज

काठमाडौं जेठ २६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमणबाट आज स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको निधन भएको जानारीदिनु भएको छ । यो संगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु वरण गर्ने सख्या १ पुगेको छ ।

त्यस्तै प्रवक्ता गौतमले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा २९४ जना पुरुष र २० जना महिला गरि ३१४ जनामा सङ्क्रमण देखिएको जानकारी दिदै आज देखिएको संक्रमितसंगै सङ्क्रमितको सङ्ख्या ३ हजार ७६२ जना पुगेको र यसमा यसमा पुरुषको सङ्ख्या ३ हजार ५०६ र महिला २५६ रहेको जानकारी दिनुभयो । त्यस्तै पिसीआर विधिबाट १ लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको जानारीदिईएको छ त्यस्तै  देशैभर एक लाख ६६ हजार ६६८ जना क्वारेन्टिनमा रहेका छन् भने ३ हजार २६० व्यक्ति उपचाररत रहेको जानकारी दिईएको छ ।

यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमित उपचारपछि डिस्चार्ज भएसंगै कुल संक्रमित मध्ये ४८८ जना डिस्चार्ज भएका छन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।